मंगलबार, असोज १६, २०८०

सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १२:४१

काठमाडौँ । धादिङको सिम्लेमा सोमबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। चितवनबाट रड बोकेर काठमाडौँतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ।

प्रहरीका अनुसार उनीहरूको सनाखत भने भइसकेको छैन।

तपाइँको प्रतिक्रिया