नेकपा दाहाल-नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक आज बस्दै
फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते ८:३५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध हालसम्म भएका संघर्ष र त्यसको समिक्षा गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले निरन्तर संघर्ष कार्यक्रम गर्दै आएको छ ।
नेकपाले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै हिजाे (आइतवार) माईतीघर मण्डलामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालसमेतका नेताहरूकाे उपस्थितिमा धर्ना दिएकाे थियाे ।