आइतबार, असोज १६, २०७९

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते ८:३३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि बिहान १० बजे बोर्डको बैठक बस्दैछ।

बोर्डका अनुसार केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुनेछ। बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो।

४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको जनाइएको छ। परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए।

तपाइँको प्रतिक्रिया