नेपालमा ८८ हजारले लगाए कोरोना विरुद्धको खोप
फ्ल्यासन्युज नेपाल२०७७ माघ १८ गते १९:४१
काठमाडौ । नेपालमा आइतबारसम्म ८८ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८८ हजार सात जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार प्रदेश एकमा १२ हजार ७ सय ६३, प्रदेश दुईमा ११ हजार ५७ र बाग्मतीमा २८ हजार ६ सय ८३ जनाले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । त्यस्तै गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार पाँच सय ५६ र सुदुरपश्चिममा ६ हजार ८ सय ७७ जनाले खोप पाएका छन् ।
नेपालमा गत बुधबारदेखि खोप अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप पहिलो चरणमा लगाइएको हो । पहिलो चरणमा खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापक, सरसफाइकर्मी लगायतलाई खोप दिइएको छ ।