मंगलबार, मंसिर २०, २०७९

जुलाईमा ‘केजिएफ च्याप्टर २’

फ्ल्यासन्युज नेपाल२०७७ माघ १७ गते ९:४६

काठमाडौँ। बहुप्रतिक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। अघिल्लो महिना पहिलो टिजर सार्वजनिक भएको फिल्म जुलाई २६ देखि हलमा लाग्ने भएको हो।

सन २०१८ मा ‘केजिएफ च्याप्टर १’ प्रदर्शनमा आए देखि नै दर्शकमाझ च्याप्टर २ को चर्चा शुरु भएको थियो। २०२० को अक्टोवरमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। फिल्मको नयाँ प्रदर्शन मितिबारे भने केही खुलाइएको छैन। च्याप्टर २ को यति धेरै चर्चा हुनुको कारण यसको मुख्य खलपात्र ‘अधिरा’ पनि हो जसको भूमिकामा अभिनेता संजय दत्त देखिँदै छन्। सार्वजनिक टिजरमा भने अधिराको अनुहार देखाइएको छैन।

प्रशान्त निलको निर्देशनमा बनेको सो फिल्मलाई विजय किरन्दुर र कार्तिक गोडाले निर्माण गरेका हुन्। पिरियड एक्सन जनरामा बनेको ‘केजिएफ च्याप्टर २’ भारु सय करोड माथिको लगानीमा निर्माण भएको हो।

तपाइँको प्रतिक्रिया