पीीएम कप फाइनल: एपीएफ टस जितेर फिल्डिङ गर्दै
फ्ल्यासन्युज नेपाल२०७७ माघ १७ गते ९:४५
काठमाडौँँ । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ। दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन्।
सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको छ।
एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ।
आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ। पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई संस्करणकाे फाइनलमा पराजित भएकाे थियाे।
दाेस्राे संस्करणमा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेकाे थियाे।