बिहीबार, चैत ९, २०७९

प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन् : प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १७:२६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् ।

प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफू प्रतिक्रियावादी शक्तिको एजेन्ट भएको पुष्टि गरेको आरोप लगाएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीको गोटी बनेको पनि बताए । उनले ओलीले प्रतिनिधिसभा नभएर संविधान नै विघटन गरेको आरोप पनि लगाए ।

प्रचण्डले प्रधानमन्त्री ओलीले  संसद विघटन गरेर जनताको अधिकारमाथि हमला गरेको पनि बताए ।  प्रचण्डले पार्टी एकता ओलीले नभएर आफूले गरेको पनि दाबी गरे ।

तपाइँको प्रतिक्रिया