शुक्रबार, असोज १४, २०७९

२४ घण्टामा १५७ जनामा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १७:२३

काठमाडौँ । शुक्रवार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ७ सय ४५ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन्। यसरी कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्युु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या  २ हजार २५ पुगेको छ।

तपाइँको प्रतिक्रिया