बिहीबार, असोज २०, २०७९

फेरि सर्यो ‘लप्पन छप्पन २’

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १७:२२

काठमाडौँ । नेपाली फिल्म लप्पन छप्पन २ को प्रदर्शन मिति फेरि सरेको छ। फाुगन २७ देखि प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको प्रदर्शन मिति सारेर चैत २७ मा पुर्याइएको हो।

यसअघि नयाँ वर्षको अवसर पारेर फिल्म बैशाख १२ देखि प्रदर्शनमा आउने भनिएको थियो। लकडाउनका कारण बैशाखमा प्रदर्शन हुन नसकेपछि फिल्मले केही हप्ताअघि मात्रै नयाँ प्रदर्शन मिति तोकेको थियो। फिल्मको भिएफएक्सको काम नसकिएको भन्दै फिल्म पुनः एक महिना पछाडि धकेलिएको छ।

मुकुन भट्टको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अनुप विक्रम शाही, अर्पण थापा, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

चार वर्षअघि प्रदर्शनमा आएको लप्पन छप्पन व्यवसायिक रूपमा सफल भएको थिएन। मुकुनकै निर्देशनमा बनेको उक्त फिल्ममा पनि सौगात र अर्पणसहित दयाहाङ राई, वर्षा सिवाकोटी, देवु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको थियो।

तपाइँको प्रतिक्रिया