बिहीबार, मंसिर १५, २०७९

कक्षा १२ को नतिजा प्रकाशनमा झमेला

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १५:३५

काठमाडौँ । कोरोनाको महामारीको बीच भएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएको छ। परीक्षा  गत मंसिर १६ गते सकिएको हो।

वैशाख जेठमा नै हुने परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन भएको हो। स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन कक्षा १२ को संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने भनिएको थियो।

तोकिएको प्रणालीमा परीक्षा केन्द्रहरूबाट नम्बर नआउनाले समयमा नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खुलिसकेका छन्। परीक्षा बोर्डका अनुसार पूर्णांकभन्दा बढी नम्बर दिने र पूर्णांक बराबर नै अंक दिएको पाइएकोले विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टममा इन्ट्री गर्न धेरै समय लागेको हो। बोर्डका कर्मचारीहरूका अनुमानमा परीक्षाका अनुभव नभएका विद्यालयमा परीक्षा सञ्चालन गर्दा यस्तो समस्या भएको पनि हुनसक्छ।

२०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आइरहेको छ।

तपाइँको प्रतिक्रिया