कोरोना खोप लगाएर आए क्वारेन्टिन बस्न नपर्ने
काठमाडौँ । विदेशबाट आउँदा कोरोना भाइरसको खोप लगाएर आएमा नेपालमा क्वारेन्टिन बस्न नपर्ने नयाँ नियम ल्याइने भएको छ। उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका हुन्।
नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको बताउँदै मन्त्री ढकालले भने, ‘खोप लगाएकाहरूलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिनमा बस्न नपर्ने नियम ल्याउन लागिएको हो। अहिले विदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान छ। यसले नेपाल अहिले पनि बन्द रहेको सन्देश विदेशी पर्यटकबीच दिइरहेको हुँदा यस मानसिकतामा परिवर्तन ल्याउन यो नियमले भूमिका खेल्ने छ।’
साथै, किरिया बसेकालाई पीसीआर परीक्षणपछि सिधै घर जान पाउने प्रावधान समेत कार्यान्वयन हुन लागेको मन्त्री ढकालले जानकारी दिएका छन्।