बिहीबार, मंसिर १५, २०७९

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १५:३२

काठमाडौँ । संसद पुनःस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले माघ २९ गतेसम्म पुत्ला दहन एवं मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले निर्णय गरेको हो। माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको यादवले बताएका छन्। उनका अनुसार बृहत् जनसभा भने केही दिनमा तय हुनेछ।

त्यस्तै, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रमलाई सँगसँगै लैजाने बताएका छन्।

तपाइँको प्रतिक्रिया