शनिबार, मंसिर २४, २०७९

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको विशाल प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १५:३१

काठमाडौँ । नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा विघटनविरूद्घ काठमाडौँमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस निरन्तर सडकमा उत्रिँदै आएको छ। दिउँसो १ बजेदेखि प्रदर्शनसहितको कांग्रेसको र्याली शान्तिवाटिकामा पुगेर सभामा परिणत  भएको थियो।

सभामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले बोल्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्घको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अझै विचाराधीन छ।

तपाइँको प्रतिक्रिया