बुधबार, मंसिर १३, २०८०

आयोगले बोलाएको छलफलमा अध्यक्षहरू अनुपस्थित

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १२:३७

काठमाडौँ । निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि दोस्रो तहका नेताहरू अध्यक्षको सन्देश बोकेर आयोग पुगेका छन्।

अहिले नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल तथा ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल निर्वाचन आयोग पुगेका छन्। आयोगमा पुगेका पाण्डेले निर्वाचन आयोगले कसरी निर्वाचन गर्न सकिँदैन भनेर बोलाएको प्रतिक्रिया दिए। उनले आजको छलफलमा अध्यक्षहरू उपस्थित हुन नसकेको जानकारी दिँदै अर्को छलफलका लागि आग्रह गरिने बताए।

दुवै समूहका नेताहरू अहिले आयोग पुगेका छन्।

तपाइँको प्रतिक्रिया