‘सर्कस’का लागि रणवीरको पारिश्रमिक ५० करोड
फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १२:३६
काठमाडौँ । सन् २०१० मा ब्याण्ड बाजा बारातबाट बलिउड प्रवेश गरेका रणवीर सिंह थोरै समयमै अभिनेताको रूपमा स्थापित भए। उनका धेरै फिल्म व्यवसायिक रूपमा सफल पनि भएका छन्। २०१९ मा आएको गल्ली बोइ भारतबाट ओस्कारको लागि चुनिएको थियो।
लोकप्रियता बढेसँगै उनले आफ्नो पारिश्रमिक पनि बढाउँदै गएका छन्। उनले अबको फिल्म सर्कसका लागि ५० करोड लिने भएका छन्। रोहित सेट्टिको निर्देशन रहने उक्त फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिनेछन्। रोहितकै निर्देशन रहेको सिम्बा २०१८ को सफल फिल्म हो। कमेडी जनरामा बन्ने सर्कस यही वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। सर्कससँगै यो वर्ष उनका ८३ र जयशभाइ जोरदार पनि प्रदर्शनमा आउने छन्। ८३ को सम्पूर्ण काम सकिइसकेको छ।
जयशभाइ जोरदारको पोस्ट प्रोडक्सनको काम भइरहेको छ भने सर्कस यतिबेला छायांकनको क्रममा छ।