बिहीबार, असोज २०, २०७९

आज सुनको मुल्य यथावत, चाँदी भने तोलामा ४० रूपैयाँ बढ्यो

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १२:२८

काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य यथावत छ।

बिहीबार नेपाली बजारमा ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि ९२ हजार रूपैयाँ नै कायम गरिएको छ। यस्तै, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार एकै दिन ४० रूपैयाँ बढेको हो। बिहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १२ सय ८५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाइँको प्रतिक्रिया