बिहीबार, जेठ १८, २०८०

लोकतन्त्र रक्षाका निम्ती सानातिना मतभेद विर्सनुपर्छ देउवा

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते ९:२२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्र रक्षा र शहीदको सपना साकार पार्नका लागि सानातिना मतभेद विर्सनु पर्ने बताएका छन् ।

शुक्रबार शहीद दिवसको अवसरमा शुभकामना सन्देश मार्फत सभापति देउवाले लोकतान्त्रीक पद्धती मार्फत मात्रै व्यक्तिको हित हुने बताएका हुन् ।

वीर सपुतहरुकै कारण मुलुकमा समान हक,समान अवसर समान न्याय प्राप्त हुने अवसर सिर्जना हुने बताएका छन् । उनले लोकतन्त्र रक्षाको निम्ती सानातिना विवाद,विर्सेर शहीदको सपना साकार पूरा गर्न लाग्नु पर्ने बताएका छन् ।
हेर्नुहोस् शुभकामना सन्देश

तपाइँको प्रतिक्रिया