निर्वाचन आयोगले नेकपाका दुवै समूहसँग छलफल गर्दै
फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते ८:१५
काठमाडौं । निर्वाचन आयोगले विभाजित नेकपाका ओली समूह र दाहाल नेपाल समूहसँग छलफल गर्दैछ । निर्वाचन आयोगले शुक्रबारका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको जानकारी दिएका छन्।
आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने विषयमा भने खुलाएको छैन् ।