सोमबार, चैत १३, २०७९

छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते १७:५६

काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको श्री ३ बन्ने चाहाना विरुद्ध आन्दोलन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा विघटन विरुद्ध बुटवलमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको दाहालले आरोप लगाए । ‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा(आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’ जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनले बताए । ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।

प्रचण्डले  अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,’उनले भने, ‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।

तपाइँको प्रतिक्रिया