आइतबार, चैत १२, २०७९

बेइजिङका नागरिकलाई बिदा मनाउन बाहिर ननिस्किन आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते १७:५४

चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरू प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरूले बेइजिङ शहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को बिदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन् ।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि बिदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरू पनि बिदा हुने भएकोले ठूलो संख्याका मानिसहरू यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।

तर, यहाँका स्वास्थ्य अधिकारीहरूले भने चीनमा दिनप्रति दिन कोरोना भाइरसका संक्रमितहरू भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी शहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रूपमा बाहिर ननिस्किन भनेका हुन् । उनहरूले पछिल्ला केही दिनहरूमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न शहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले बिदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका अन्य देशहरूमा पुगि सेकेको छ । चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनमा भने यहाँ फेरि यसका संक्रमित देखिन थालेका चीन सरकारले जनाएको छ ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार बुधबार मात्र चीनमा ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा रहेकामा पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरू भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया