अनुसन्धान विभागका सहायक सूचकको हत्याका अभियुक्त पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते १७:५२
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्याका अभियुक्त पक्राउ परेका छन् । सहायक सूचक प्रवीण थापा मगरको हत्याका अभियुक्त बाँकेको नेपालगञ्जका विवेक परियार पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले भक्तपुरको चागुनारायणबाट बिहीबार पक्राउ गरेको सीआइबीका प्रमुख डीआइजी सहकुल थापाले जानकारी दिए ।
बाँकेको नेपालगञ्जको कार्यरत थिए । उनलाई परिवारले कुटपिट गरी हत्या गरेको सीआइबीले जनाएको छ ।