काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा सात दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन अधिवक्ताहरूले माग गरेका छन्।
बिहीबार सर्वोच्चमा जारी बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले ओलीले फौजदारी अवहेलना गरेको भन्दै उनलाई उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरेका छन्। ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र कञ्चनकृष्ण न्यौपाने निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा बहस गर्दै कानून व्यवसायीहरूले ओली स्वयंलाई अदालतलमा उपस्थित गराउन माग गरेका हुन्।
अधिवक्ता अर्यालले सत्याग्रही गोविन्द केसीलाई अनसनस्थलबाट जबर्जस्ती पक्राउ गरेर नौ घण्टासम्म बयान गराएको समेत अदालतमा स्मरण गरेका थिए। यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओली लगायतको बहस जारी छ।