सोमबार, चैत १३, २०७९

बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते ९:५६

एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनमा बसमा आगलागी हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा बुधबार पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बस दुर्घटनमा परेको हो ।

 

दुर्घटनामा परी मृत्यु भएका सबैको शव जलेको अवस्थमा हुँदा पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाउदा बससँग ठोक्किएको हुनसक्ने पूर्वानुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया