काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम सिर्जना भएको उहाँले बताउनुभयो। उपाध्यक्ष कँडेलले परियोजनाको राजनीतिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो।
उहाँले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताउनुभयो। तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने उहाँको भनाइ छ।
उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैंले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको स्पष्ट पार्नु भएको छ। उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेश गरेको उहाँले प्रष्ट पार्नुभयो।