बिहीबार, जेठ १८, २०८०

माइतीघरमा नेकपा प्रचण्ड–नेपाल समूहको धर्ना

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते २०:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा शुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तरगत आजदेखि काठमाडौंको माइतीघरमा धर्ना दिन थालेको छ ।

प्रचण्ड–नेपाल पक्षका सांसद, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम चालेको भन्दै उनीहरुले त्यो सच्याउनका लागि धर्ना बसेको बताएका छन् ।

विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको भन्दै आम नागरिक नै धर्नामा बस्नु पर्ने बताए।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा चरणवद्ध आन्दोलनको कार्यक्रम गर्दै आएको छ । उसले शनिबार बाहेक २१ गतेसम्म हरेक दिन २ घन्टा माइतीघरमा धर्ना दिने बताएको छ ।

 

तपाइँको प्रतिक्रिया