संसद पुनस्थापनाको सम्भावना छैन, निर्वाचनका लागी तयार रहनु – अर्थमन्त्री पौडेल
फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १९:४७
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वैशाखमा हुने निर्वाचनका लागी सबैलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । बुटवलमा पुल उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले संसद पुनस्थापनाको सम्भावना नरहेको भन्दै निर्वाचनका लागी तयारी रहन आग्रह गरेका हुन् । पौडेलले सरकारले विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइरहेकाले साथ दिन सबैलाई आग्रह गरे ।
बुटवलस्थित देवी नगर र बुद्धनगर जोड्ने तिनाउ नदी पुल ११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको हो । पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहज भएको छ ।