शनिबार, मंसिर २४, २०७९

अमिताभ बच्चनको अनौठो मास्क

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १७:३०

काठमाडौँ । मंगलबार भारतको ७२ औं जन्मदिनको दिन बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जाल मार्फत सम्पूर्ण भारतीयका लागि एउटा भिडियो सन्देश सार्वजनिक गरे। गणतन्त्र दिवसको धेरै शुभकामना भनिएको उक्त भिडियो छोटो समयमै निकै भाइरल बन्यो। भिडियो त्यसरी चर्चामा आउनुका कारण थियो उनले लगाइरहेको मास्क।

अमिताभले साउण्ड सेन्सर जडित एउटा अनौठो किसिमको मास्क लगाएका थिए। हेर्दा सामान्य देखिने उक्त मास्कमा आवाज आएसँगै बत्ति बल्न थाल्छ। कुनै शब्द बोल्दा मुखले जुन आकार लिन्छ मास्कमा बलेका बत्तिले त्यस्तै आकार देखाइरेका थिए।

कोरोनाका कारण विश्वभरि नै मास्क लगाउन अनिवार्य जस्तो भएको छ। कोरोना कालमा नै मास्कको खपत ऐतिहासिक रूपमा बढे पछि विभिन्न कम्पनीले फरक फरक डिजाइन र सुविधा सहितका मास्क बजारमा ल्याएका छन्। यस्तैमा, एलइडी स्मार्ट मास्कको लहर आएको हो। जसमा मास्क लगाएकै भए पनि बोल्दा हाँस्दा मुखले लिने आकार बाहिर बत्तिले देखाउँछ, जसकारण दुई पक्षबिच सञ्चार गर्न अझ सहज हुन्छ।

अमिताभले यो मास्क लगाएपछि बजारमा यसको माग पनि बढ्ने देखिन्छ। भारतमा भारु ५ सय देखि २ हजार सम्ममा विभिन्न सुविधा सहितका स्मार्ट मास्क पाइन्छ।

तपाइँको प्रतिक्रिया