शुक्रबार, जेठ २६, २०८०

३ महिनाभित्र हरेक नेपालीले नि:शुल्क खोप पाउनेछन्: ओली

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १७:११

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल सम्बोधनबाट देशभर आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ।

खोप अभियान शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अबको तीन महिनाभित्र हरेक नेपालीले कोरोनाविरुद्घको खोप निःशुल्क पाउनेछन्। जसरी हुन्छ, किनेर वा यसैगरी अनुदानबाट प्राप्त भएका खोप उपलब्ध गराएर। सरकारले बिना भेदभाव सबै नेपाली जनतालाई निःशुल्क रूपमा खोप उपलब्ध गराउने छ।’

पहिलो चरणको खोप अभियानका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई प्राथमिकतामा राखिएको छ।

तपाइँको प्रतिक्रिया