भुइँमा पलेँटी कसेर माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना
फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १७:०९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज राजधानीको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेको छ।
पलेँटी कसेर धर्ना गरिरहेको यो समूहले छातीमा ‘लोकतान्त्रिक शक्तिहरू एक होऔँ’, ‘संसद विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’, लगायतका नाराहरू लेखिएका पम्प्लेटहरू टाँसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन भएलगतै विभिन्न किसिमका चरणबद्घ आन्दोलनहरू गर्दै आएको छ।
पहिलो र दोस्रो चरणको आन्दोलन सकेर तेस्रो चरणको आन्दोलनमा प्रवेश गरेको यो समूहले जुनै पनि हालतमा संसद पुनःस्थापना हुनुपर्छ भन्ने माग राख्दै आएको छ। संसद पुनःस्थापनाको लागि जनआन्दोलनमा जानु परेपनि पछि नहट्ने प्रचण्ड-माधव समूहले दाबी गर्दै आएको छ।