सोमबार, चैत १३, २०७९

न्यायाधीशको प्रश्न: संसद विघटनविरूद्धको मुद्दा कहिलेसम्म लम्ब्याउने?

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १७:०८

संसद विघटनविरूद्धको मुद्दामा रिट निवेदकका वकिलले धेरै समय लिएको भन्दै न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न उठाएकी छन्।

बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले अर्का रिट निवेदक कृष्णभक्त पोखरेललाई बोलाएर प्रश्न गरेकी हुन्। ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ?’

रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य पोखरेलले यो लोकतन्त्र जोडिएको विषय भएकाले धेरैको चासो रहेको बताए।

पोखरेलले वकिलहरुले स्वतन्त्र रुपमा बहस गर्न आएको बताए। ‘हामी लोकतान्त्रिक व्यवस्थामा छौं, स्वतन्त्र रुपमा, स्वतस्फुर्त रुपमा बहस गर्न वकिलसाबहरु आउनुभएको छ, हामीले पारिश्रमिक दिएका पनि छैनौं’ उनले भने।

यसअघि मंगलबारको बहसमा न्यायाधीश अनिलकुमार सिन्हाले समय धेरै लागेको भन्दै हरेक रिटलाई निश्चित समय तोक्नुपर्ने भयो भनेका थिए ।

तपाइँको प्रतिक्रिया