सोमबार, चैत १३, २०७९

नेपालमै कोरोनाको पहिलो खोप लगाउने व्यक्तिको अनुभव

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १७:०६

काठमाडौँ । कोरोनाविरूद्ध खोप आम सर्वसाधरण सम्म पुग्नु भन्दा पहिला नै बजारमा सकारात्मक र नकारात्मक दुवै प्रकारका हल्ला बहिरिरहेका छन्। जसले गर्दा खोप लाउने कि नलाउने अन्योलताहरु सिर्जित भैरहेका छन्। यस्तैमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसविरूद्ध बुधबार नेपालमा पनि खोप लगाउन सुरू गरिएको छ।

बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरू गरेका हुन्। देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाइदै छ।

बुधबार मात्रै देशका १२ हजार जनालाई कोरोनाविरूद्ध खोप लगाइने छ। भारत सरकारले दश लाख डोज कोरोना खोप अनुदानमा दिएको हो। सरकारले पहिलो चरणमा चार लाख जनालाई खोप लगाइने छ। पहिलो चरणको खोप कार्यक्रम अबका १० दिन सम्म चल्ने छ।

नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशका डा. सागर राजभण्डारीले लगाएका हुन्। निर्देशक राजभण्डारीले बुधबार बिहान १० बजेर १० मिनेटमा खोप लगाएका हुन्।

खोप लगाए पछि अनुभब साझा गर्दै उनले आफू खोप लगाउने पहिलो व्यक्ति हुँदा गर्व महशुस भएको प्रतिक्रिया दिएका छन्।

उनले भने,’ म यो पललाई शब्दमा उल्लेख नै गर्न सक्दिन। पहिलो व्यक्ति हुन पाए यो खोप लगाउने। अहिले सबैले खोपको सकारात्मक प्रभावको आशा गरिरहेका छन्। सबै जना यो खोप लगाएपछि कस्तो हुन्छ भनेर जान्न इच्छुक छन्।’

मान्छेहरु खोप प्रति ससंकित रहेको कुरालाई संकेत गर्दै उने भने’ धेरैलाई जिज्ञाश थियो। आआफ्नै आनुमन पनि थिए। धेरैलाई लागिरहेको थियो सायद खोप लगाउने मान्छे बेहोश हुन्छ वा तत्कालै कुनै नकारात्मक असर देखिन्छ , तर मलाई थाहा छ/थियो कि यो भ्याक्सिन एकदम सुरक्षित छ। त्यसैले म यो लगाउन निकै उत्सुक थिए।‘

उनले उत्साहित हुदै भने ‘ हजुरहरु देख्न सक्नु हुन्छ मैले खोप लगाएको १ घण्टा भन्दा धेरै समय भैसकेको छ। यति बेला म सबैका सामु सकुसल र अझ उर्जाका साथ उभिएको छु।

पहिलो पटक नेपालमा आफूले भ्यसिन लगुना पाएको कुरालाई सम्झदै ,यो अवसर प्रप्त गरेकोमा आफूलाई निकै भाग्यमानी महसुस भएको बताए। उनले भने,’मेरो आत्माले, म स्वस्थकर्मी हो त्यसमा पनि जिम्मेवार संस्थाको प्रमुखको हैसियतमा रहेको त्यसैले सबैको जिम्मेवारी मैले लिने पर्छ भन्यो। मैले लगाए पछी अन्य स्वास्थ्यकर्मीको हौसला बढ्छ अनि लगाउने वातावरण सिर्जना हुन्छ भनेर सकारात्मक संदेश दिन पनि सबै भन्दा पहिले खोप लगाएको हु।’

उनले खोप लगाउने कुरा थाहा पाए पछी कतिपय आफन्त ,सहकर्मी र सुभचिन्तकहरुले उनको निर्णयको कारण निकै चिन्तित र अचम्ममा परेको बताएको उनले भने। उनको कान्छो छोरा पनि मेडिकल फिल्डको रहेको र उनले बुवा हजुरले भन्दा पनि देशको राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुले लगाएको भए अझ सकारात्मक सन्देश जान्थ्यो कि भनेर भनेको समेत बताए। आफ्नाहरुलाई चिन्ता हुनु स्वभाबिक भएको तर आफुले खोप बारे नजिक बाट बुझेको हुदा लगाउन अगाडी सरेको बताए।

साथै, आफुले खोप लगाए सम्पर्ण आम – जनमानस ,स्वास्थ्यकर्मीहरूमा खोप लगाउने कि नलगाउने भन्ने जुन दुबिधा पलाएको थियो त्यसलाई चिर्न मदत गर्ने विश्वासका कारण खोप लगाएको बताए।

‘धेरै जस्तो स्वास्थ्यकर्मीहरु म लगाउदीन ,ज्यानलाइ जोकिम हुन्छ भनेर पछाडी सरिरहेको अवास्थाम थियो। मनमा एक किसिमको डर त्राश थियो।,’उनले भने। तर आफूले लगाएपछि ति सबैले ए ! खोप सुरक्षित रहेछ भन्ने महसुस गरेको र उत्साहित भएर खोप लागेको उनले बताए।

अन्य थुप्रै खोप,सुइ लगाउदा जसरि दुखेको अनुभूति हुन्थ्यो, यो खोप लगाउदा भने त्यस्तो दुखाईको अनुभुती शुन्यप्राय रहेको र एकदमै आनन्द महसुस भएको बताउदै उनले देशमा कोरोना विरुद्ध एउटा हतियार आएकोमा उनले खुशी व्यक्त गरे। साथै उनले यो हतियार प्रयोग गरिदिन सबैलाई अनुरोध पनि गरे। उनले भने ‘ आफू ,आफ्नो परिवार, समुदाय र देश सुरक्षित राख्नको लागि यो खोप लगिदिन आनुरोध गर्दछु।‘

उनले खोप लगाएपछि पहिले भन्दा दुईगुणा आत्मबिस्वास र शक्ति महसुस गरेको बताए। उनले भने,’ ‘खोप लगाउनु आगाडी म ६० किलोमिटर प्रति घण्टाको हिसाबले दौडिरहेको थिएँ, आज खोप लगाएपछि भने एक सय २० किलोमिटर दौडिन्छु भन्ने लागेको छ र पहिले भन्दा धेरै काम गर्ने उर्जा पाएको छु ,’

उनले सरकारले सक्दो चाडो सबैको लागि यो खोप उपलब्ध गराइदिनु पर्ने समेत बताए। उनले भने ,’ कूटनीतिक पहल गरेर हुन्छ अथवा कुन बिधि प्रयोग गरेर हुन्छ सरकारले सबै जनतालाई सक्दो चाडो निसुल्क खोप उपलब्ध गराउनु पर्छ।‘

तपाइँको प्रतिक्रिया