मंगलबार, मंसिर २०, २०७९

मौकामा चौका हान्दै उद्योगीले बढाए चिनीको मूल्य

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते ८:२८

काठमाडाैँ । सरकारी चिनी गोदाममा रित्तिन थालेपछि उद्योगीहरुले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन्। जानकारका अनुसार मासिक औषतमा ३० हजार टन चिनी चाहन्छ।

साल्ट ट्रेडिङसँग अहिले १ हजार टन जतिमात्रै स्टक भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ।

सोही मौकामा उद्योगीहरुले मूल्य बढाएको खबर कान्तिपुरले छापेको छ । उनीहरुले गेट फ्याक्ट्री मूल्य २ रुपैयाँ अर्थात यससँगै यसअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने चिनीलाई ८० रुपैयाँ परेको होलसेल व्यवसायीहरुले बताएका छन् ।

यसले खुद्रा बजारमा मूल्य थप बढ्नेछ ।

तपाइँको प्रतिक्रिया