शुक्रबार, असोज १४, २०७९

उपत्यकामा चिसो बढ्यो, काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्‍याे

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते ८:२६

काठमाडौँ । उपत्यकाको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो।

बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने र मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

तराईका अधिकांश जिल्लामा अहिले अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ। यो साँझसम्मै रहने श्रेष्ठ बताउँछन्। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने श्रेष्ठको भनाइ छ।

आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया