शनिबार, मंसिर २४, २०७९

शौचालय निर्माण गरेवापत साढे १ लाख घुस लिने इञ्जिनियर पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते १८:१०

काठमाडौँ। तनहुँको भानु नगरपालिकाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव इञ्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैैयाँसहित पक्राउ परेका छन्।

विद्यालयको शौचालय निर्माणमा रकम निकासा गराएवापत घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

उनले विद्यालयको शौचालय निर्माण सम्पन्न भएसँगै घुस लिएको आयोगले जनाएको छ। उनीविरुद्ध आयोगले विगोसहित कारबाही प्रक्रिया थालेको छ।

तपाइँको प्रतिक्रिया