बुधबार, जेठ २४, २०८०

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्घ अदालतको अवहेलना मुद्दा दर्ता

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते १८:०७

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्घ सर्वोच्च अदालतमा चारवटा अवहेलना मुद्दा दर्ता भएको छ। राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्घ दिएको अवहेलना मुद्दा सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो।

केही दिनअघि पूर्वसभामुख ढुंगानाले न्यायाधीशविरुद्घ आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरूले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन्। उनले केही दिनअघि भनेका थिए, ‘शत प्रतिशत संसद ब्यूँत्याउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ।’

मंगलबार नै सर्वोच्चमा अदालतमा अदालतको मानहानी गरको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ पनि दुईवटा अवहेलना मुद्दा दर्ता भएका छन्।

तपाइँको प्रतिक्रिया