मंगलबार, मंसिर २०, २०७९

बस्ने ठाउँ नहुँदा न्यायाधीश थप्न सकिएन -जबरा

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते १४:५९

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वाधार नभएका कारण न्यायाधीशको संख्या थप्नुपर्ने महसुस हुँदाहुँदै थप्न नसकिएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्घ परेका मुद्दामा बहसका लागि बसेको इजलासमा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशको संख्या थप्नुपर्ने आवश्यकता औंल्याएपछि प्रधानन्यायाधीश जबराले उक्त टिप्पणी दिएका हुन्। जबराले भने, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले सकेनौँ। ५ जना बसिराखेको ठाउँमा ९ वा ११ जना कहाँबाट राख्नू?’

तपाइँको प्रतिक्रिया