शुक्रबार, असोज १४, २०७९

राजेश हमालको ‘वरको छायाँले’ सार्वजनिक

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते १४:५८

काठमाडौँ । लामो समयदेखि फिल्ममा नदेखिएका अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। सोमबार राजेश हमाल अभिनित ‘वरको छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको आवाज रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गोविन्द पौडेलकै शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन कृष्ण बिके ‘भान्जा’ले गरेका हुन्।

गीतको भिडियोमा राजेशसँगै करुणा राई, आयुषा गौतम र सचिन परियारको नृत्य तथा अभिनय रहेको छ। नृत्यप्रधान उक्त गीतमा काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको छ। गीतको छायांकन रामकृष्ण चौलागाइँले गरेका हुन् भने सम्पादन दीपक विष्टको रहेको छ।

राजेश म्युजिक भिडियोमा त व्यस्त छँदै छन् साथै पाँच वर्ष पछि फिल्ममा पनि आवद्ध भएका छन्। उनको मुख्य भूमिका रहने फिल्म ‘सत्यम’ निर्माणको काम भइरहेको छ।

तपाइँको प्रतिक्रिया