बिहीबार, मंसिर १४, २०८०

बलिउड अभिनेता वरुण धवन र नताशा वैवाहिक बन्धनमा

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:४६

बलिउड अभिनेता वरुण धवनले विवाह गरेका छन् । आइतबार उनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । उनीहरूले पञ्जावी शैलीमा विवाह गरेका छन् ।

विवाहमा वरुण र नताशाको परिवार र केही बलिउडकर्मीहरूको उपस्थिति थियो । कोरोनाको त्रासका कारण उनीहरूले धेरैलाई निम्तो दिन सकेका थिएनन् ।

लामो समयदेखि प्रेममा रहेका वरुण र नताशाको विवाहको हल्ला धेरै समयअगाडिदेखि नै चल्दै आएको थियो । तर, उनीहरूले अहिले नै समय नआएको जवाफ फर्काउँदै आएका थिए । अन्तत: उनीहरूले अहिलेको समयलाई रोजेका हुन् ।

चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’मार्फत् बलिउडमा प्रवेश गरेका वरुणले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । एक्सन, कमेडी, रोमान्टिक सबै चलचित्रमा फिट देखिने उनले नयाँ पुस्तामा राम्रो क्रेज बनाएका छन् ।

तपाइँको प्रतिक्रिया