मंगलबार, जेठ १६, २०८०

लागु औषध कारोबारमा महिलासहित ५ पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:४३

काठमाडौं। लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले सोमबार एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित म्याजिक स्टेशनबाट बा ४८ प २५१ नम्बरको मोटरसाइकल जाँच गर्दा उदयपुरको त्रियुगा नगरपालिका १० का २१ वर्षीय निराजन रायमाझी र मोटरसाइकल पछाडि सवार वडा नं २ जोगी दहका २७ वर्षीय बलराम दाहाल खत्री पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीका साथबाट १५ ट्याब्लेट निप्राभेट, २४ ट्याब्लेट स्पाफ्मो प्रोक्सिभोन पुल, पाँच बोतल डाइलेक्स डिसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले जानकारी दिए। पक्राउ परेका आरोपितसँग थप अनुसन्धान गर्दा कञ्चनरुप नगरपालिका ८ की २५ वर्षीया बविता राउत पक्राउ परेकी छिन्।

राउतको घरबाट २५० ग्राम गाँजा, ४० ट्याब्लेट नाइट्रोसन, १५ ट्याब्लेट नाईट्राभेट, ४० क्याप्सुल स्पामो प्रोक्सिभन, तीन वटा डाईल्याब, चार एम्पुल लिजेसिक, ६ एम्पुल प्रोमेथाजन र दुई बोतल डाइलेक्स डिसी बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको प्रहरी टोलीले तीन जनाविरुद्ध लागुऔषध मुद्दामा कारवाही थालेको छ।

यसैगरी सप्तरीको डाक्नेस्वरी नगरपालिका ३ हटेलबाट प्रदेश २–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा आइरहेका शम्भुनाथ नगरपालिका २ का २६ वर्षीय जिगेन्द्रकुमार साह र वडा ३ का २० वर्षीय सदाम मियाँ पक्राउ परेका छन्। उनीहरुका साथबाट ३६० गोटी रहेको १२ पत्ता नाइट्रोभेट ट्याब्लेट र २० ग्राम गाजा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी लागुऔषध मुद्दामा कारवाही थालेको छ।

तपाइँको प्रतिक्रिया