बिहीबार, चैत ९, २०७९

हराएका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:३९

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई साेमबार हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकलधनीहरूलाई हस्तान्तरण गरेको हो ।

महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको विशेष अप्रेसन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको छ । खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रम पनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए । चोरहरूलाई मुद्दा दायर गरेको पनि उनले जानकारी दिए ।

उनले यो अभियानलाई अझ तीव्रताका साथ अघि बढाउने बताए । महाशाखाको टोलीले उपत्यकाका  पैयुटार, फनपार्क, इमाडोल, थापाथली, तीनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा बसुन्धारा, कोटेश्वर, धुम्बाराहीलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो ।

तपाइँको प्रतिक्रिया