बुधबार, मंसिर १३, २०८०

नागरिक आन्दोलन विकर्षित गर्ने प्रयास हुँदैछ, सावधान रहनुहोला : नारायण वाग्ले

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:३७

लेखक तथा पत्रकार नारायण वाग्लेले प्रधानन्त्री केपी ओलीको कदमविरुद्ध भइरहेको नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजिएको बताएका छन् । उनले त्यसतर्फ सतर्क रहन पनि आग्रह गरेका छन् ।

आफूले भन्दै नभनेको झूठा कुराको प्रचार गरेर नागरिक आन्दोलनलाई कमजोर बनाउन खोजिएको उनले जनाएका छन् । कसले र किन यस्तो दुस्प्रचार गरेको हो ? भन्ने प्रश्न गर्दै उनले त्यसबाट सावधान रहन आग्रह गरेका हुन् ।

संविधानमा धर्म निरपेक्ष लेखिएकाले मन्दिर बनाउने, पूजा गर्ने काम बन्द गरिनुपर्ने तथा मन्दिरहरु भत्काउनुपर्छ भनेर आफूले नभनेको तर नागरिक आन्दोलनलाई बद्नाम गर्न त्यस्तो प्रचार गरिएको वाग्लेले ट्विटरमा टिप्पणी गरेका छन् ।

‘मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? किन ?’ वाग्लेले लेखेका छन्, ‘नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है !’

तपाइँको प्रतिक्रिया