शनिबार, मंसिर २४, २०७९

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:३५

मंगलबार (आज) नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । पर्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका सम्बन्धमा छलफल हुने बताइएको छ ।

त्यस्तै पार्टीको महाधिवेशन, प्रदेश सरकारमा सहभागी हुने या नहने भन्ने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रदेश १ र बागमतीमा नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । सो प्रस्तावका सम्बन्धमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

केन्द्रीय समितिको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने पक्षमा छन् ।

तपाइँको प्रतिक्रिया