बुधबार, मंसिर १३, २०८०

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ माघ १३ गते ९:३४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितीको विषयमा छलफल हुनेछ ।

आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दवाब दिने तयारी गरेको छ ।

त्यस्तै १४ औं महाधिवेसन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दवाब दिने तयारी पनि पौडेल पक्षको छ । पौडेल समूह प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने पक्षमा छ ।

विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्नेमा कांग्रेसमा दुईधार रहेको छ । सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा र पौडेल पक्ष विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनुपर्ने अडानमा छन् ।

तपाइँको प्रतिक्रिया