दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको लहर सुरु भएको बताएका छन्। पुल उद्घाटनका लागि दाङ पुगेका प्रधानमन्त्रीले विकासको लहरलाई कोरोनाले पनि रोक्न नसकेको बताएका हुन्।

उनले भने, ‘मुलुकमा विकासको लहर चलेको छ। कोरोनाले पनि हामीलाई विकास निर्माणका काममा लगातार अगाडि बढ्नबाट रोक्न सकेन। केहीकेही प्रतिकुलताहरु थपिएका हुन्। तर पनि हामीले ती प्रतिकुलताहरुलाई चिरेर फेरि अनुकुलतामा बदल्दै अगाडि बढ्यौँ।’

ओलीले विकासको लहर चालेको र कोरोनाले पनि रोक्न नसकेको उदाहरण राप्ती पुल भएको बताए। प्रधानमन्त्री ओलीले सोमबार दाङको सिसहनिया-गढवा जोड्ने ८६५.४० मिटर लामो पुलको उद्घाटन गरेका हुन्।

यो नेपालकै दोस्रो लामो पुल हो।