नागरिक अगुवा र प्रहरीबीच बालुवाटारमा झडप (फोटोसहित)
फ्ल्यासन्युज नेपाल२०७७ माघ १२ गते १७:२१
काठमाडौँ । कमलपोखरी बचाऊ अभियन्ता र नागरिक अगुवाहरूले संयुक्त रूपमा सरकारकातर्फबाट भएका कमी-कमजोरी र गल्तीहरूले नागरिकले कष्ट भोग्नुपरेको विरोधमा आज कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास एवं बृहत् नागरिक आन्दोलनको आयोजना गरेका छन्। प्रदर्शनका क्रममा बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजको आरोपमा प्रहरी हस्तक्षेप भई झडप भएको छ। आन्दोलनमा पत्रकार एवं लेखक नारायण वाग्ले, डा. गोविन्द केसी, नागरिक अगुवा युग पाठक, मानवअधिकारकर्मी मोहना अन्सारी, लेखक एवं विश्लेषक खगेन्द्र संग्रौला लगायतका अभियन्ताहरूको सक्रिय उपस्थिति रहेको छ।
प्रहरीले यसअघि सोही ठाउँमा मानवअधिकार एवं शान्ति समाजका ३० अभियन्ताहरूलाई पनि सोही आरोपमा पक्राउ गरेको थियो।