निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो वर्षमान पुन
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका नेता वर्षमान पुनले कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको आरोप लगाएका छन् ।
बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन आयोगले नेकपाको वारेमा गरेको पछिल्लो निर्णयप्रति यस्तो टिप्पणी गरेका हुन् । निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै नेता पुनले आयोगको क्षमताप्रति प्रश्न उठाएका छन् ।
नेता पुनले ‘नेकपाको ४ सय ४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको आयोगले, ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
पार्टी भित्र छलफल गरी अयोगका निर्णयका बारेमा धारणा निर्माण गरी अगाडी बढ्ने उनले बताए । नेता पुनले संसद पुनर्स्थापनको विकल्प नभएको प्रष्ट पार्दै त्यो नै वर्तमान राजनैतिक निकासको बाटो भएको दाबी गरे ।
उनले काम चलाउ सरकारले आफ्नो हैसियत अनुसार काम गर्न पर्ने सुझाव दिदै प्रधानमन्त्री ओली गालीमा उत्रिनु सोभनिय नभएको बताए ।