मुख्यमन्त्री राई दम्पत्तिलाई बधाई दिन पुगे प्रधानमन्त्री ओली
फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते २२:२७
काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन्। मुख्यमन्त्री राईले मिस मंगोल २०१८की विजेता जाङ्मु शेर्पासँग किराँती परम्परा अनुसार आइतबार लगनगाँठो कसेका हुन्।
राजधानीको एक पार्टी प्यालेसमा भएको विवाहको कार्यक्रममा सिमित नेता र आफन्तहरु सहभागि थिए।
यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीले विवाह बन्धनमा बाँधिएको दम्पत्तिलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन्। मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता हुन्।
आजै विवाहको शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी पनि दिउँसो साढे ३ बजे गैरीधारास्थित एलेक्स पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा पुगेकी थिइन्।