आइतबार, असोज १६, २०७९

चुनावी घोषणापत्रमा समेट्नुपर्ने विषय फागुन मसान्तभित्र पठाउन ओलीको निर्देशन

फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते १३:०८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष परिपत्र जारी गरेका छन् ।

ओलीले विशेष परिपत्रमार्फत आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा समेट्नुपर्ने विषयहरु फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन दिएका हुन् ।

“आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, सुभेच्छुकहरु तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउनसमेत निर्देशन गरिएको छ,’’ विशेष परिपत्रमा भनिएको छ ।

त्यस्तै परिपत्रमा आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि निर्वाचन प्रक्रियाका विषयमा जनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न सबै कमिटीलाई निर्देश पनि गरिएको छ ।

तपाइँको प्रतिक्रिया