शनिबार, मंसिर २४, २०७९

कुटपिट गरी हत्या, देउरानी पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते १३:०७

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६, मोतिपुर बस्ने ४८ वर्षीया आइती बुढाथोकीको कुटपिट गरी हत्या भएको छ । हत्या आरोपमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर सख्त घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवतीलाई नियन्त्रणमा लिएको हो ।

तपाइँको प्रतिक्रिया