मंगलबार, जेठ १६, २०८०

सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते १३:०४

काठमाडौं । सुनको भाउमा सामान्य कमी आएको छ । गएको शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम गरेको छ । शुक्रबार तोलाको ९२ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९२ हजार १०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९२ हजार ४०० मा कारोबार भएको थियो ।

चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ ।

तपाइँको प्रतिक्रिया